२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा दुई हजार बोतल च्याउको बीउ उत्पादन

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले चालू आवमा दुई हजार ११६ बोतल कन्याजातको च्याउको बीउ उत्पादन गरेको छ ।

प्रयोगशालालाई बीउ उत्पादनका लागि दुई हजार बोतलको लक्ष्य दिइएको भए पनि बढ्दो मागका कारण लक्ष्यभन्दा बढी बीउ उत्पादन गरेको हो ।

उत्पादित गुणस्तरीय बीउ २५ प्रतिबोतलका दरले बिक्री गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले बताए ।

च्याउको बीउको माग अधिक छ उनले भने ‘कार्यालयको बजेटले धान्दैन ।’ चालू आवमा च्याउको बीउ उत्पादनका लागि रु एक लाख २० हजार बजेट विनियोजन गरिएको थियो । बीउ उत्पादनका लागि विनियोजन गरेको बजेट केमिकल, कल्चर गर्ने कार्य, गहुँको बीउ खरिद गर्नेलगायतमा खर्च हुने गरेको छ ।

यहाँ उत्पादित च्याउको बीउ प्रदेश नं ७ को पहाडी जिल्लासहित तराईका कैलाली कञ्चनपुरमा खपत हुने गरेको छ । प्रयोगशालाले उत्पादन गरेको बीउको प्रयोग गरी मौसमी र बेमौसमी रुपमा व्यावसायिक खेती गर्ने किसानको संख्या यहाँ बढ्दो छ । गत आवमा प्रयोगशालाले दुई हजार बोतल च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिइएकोमा चार हजार २४२ बोतल च्याउको बीउ उत्पादन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस