२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने : कोइराला

अ+ अ-

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको क्रियाशील सदस्यतामा पुनःविचार गर्नुपर्ने समय आएको बताएका छन् ।

नेपाल शिक्षक संघको २९ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले क्रियाशील सदस्य मात्रै भएर निर्वाचन नजितिने बताए । ‘मेरो निर्वाचन क्षेत्रको कुनै एक वडामा एक हजार २०० क्रियाशील सदस्य छन् तर भोट जम्मा २०० खस्छ’, उनले प्रतिप्रश्न गर्दै भने, ‘अब के यसरी पार्टी चल्न सक्छ ?’ क्रियाशील सदस्यहरुको विषयमा महासमिति बैठकबाट प्रस्ताव पारित गरी पुनःविचार गर्ने उनको भनाइ थियो ।

अहिलेको निर्वाचनबाट पार्टीले पाठ सिकेको बताउँदै उनले भने, ‘अब क्रियाशील सदस्यहरुको सबै जानकारी राख्ने काम पार्टीले गर्नु आवश्यक छ र त्यसको तयारी भइरहेको छ ।’ पार्टीले क्रियाशील सदस्यहरुको जानकारी राख्ने र उनीहरुको योगदानअनुसारको जिम्मेवारी दिने गरी अगाडि बढ्ने उनले बताए ।

अबको समयमा कांग्रेसमा एकता हुनु जरुरी रहेको महामन्त्री कोइरालाको भनाइ थियो । कांग्रेसभित्र एकता आयो भने वाम गठबन्धन पनि डराउने बताउँदै उनले कांग्रेसभित्रको एकता अहिलेको समयमा आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, नेपाल शिक्षक संघका केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल, नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष कोमलनाथ घिमिरे, नेपाल टे«ड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष दानबहादुर गुरुङलगाएतले बोलेका थिए । सो अवसरमा विभिन्न विद्यालयका प्रध्यानाध्यापक, दीर्घसेवी शिक्षकहरुलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस