बेवारिसे शव फेला « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार

बेवारिसे शव फेला


३० बैशाख २०७५, आइतबार


धनकुटा । स्थानीय फोहर विसर्जनस्थल छेउमा आज बिहान बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

शव धनकुटा नगरपालिका ६ का ३० वर्षीय राजेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताए ।

श्रेष्ठको अनुहार र शरीरमा गम्भीर चोट रहेका कारण हत्या भएको आशंकामा धनकुटा नगरपालिका–६ निवासी मृतकका भाइ ईश्वर, भिनाजु अनिल डंगोल र धनकुटा नगरपालिका– २ घर भएका रुमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरी जनाएको छ । शव परीक्षणका लागि धनकुटा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस