भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतका प्रधानमन्त्री मोदी काठमाडौँमा


२८ बैशाख २०७५, शुक्रबार


काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरेका छन् ।

काठमाडौंमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनी शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने छन् । काठमाडौं महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस