५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

अ+ अ-

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणका लागि जनकपुर आएका हुन् ।

एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतले स्वागत गरेका थिए ।

मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । जनकपुर उपमहानगरपालिकाले मोदीको नागरिक अभिनन्दन गर्दैछ । नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ ।

मोदीलाई चुच्चेपाटीस्थित होटल हायातमा बस्ने व्यवस्था मिलाइएको छ । त्यसैले उनी एयरपोर्टबाट सीधै होटल हायात पुग्नेछन् ।

होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मान अर्पण गर्ने कार्यक्रम छ ।

आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

यस्तो छ मोदीको टोली
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोली ५१ सदस्यीय रहेको छ । जसमा ११ जनाको अफिसियल टिम रहनेछ । सहयोगी टिममा २० जना रहनेछन् भने सुरक्षातर्फ १४ जनाको टोली रहनेछ । यसबाहेक उनको भ्रमण टोलीमा मार्यादापालक र दोभासे गरी चार र दुई सञ्चारकर्मी रहनेछन् ।

अफिसियल टिम
१) अजित डोभाल, सुरक्षा सल्लाहकार
२) विजयकुमार गोखले, विदेश सचिव
३) मन्जीवसिंह पुरी, नेपालका लागि भारतीय राजदूत
४) एके शर्मा, एडिसनल सेक्रेटरी टु पीएम
५) अरुणकुमार सिन्हा, स्पेसल प्रोटेक्सन ग्रुप
६) गोपाल बागले, प्रधानमन्त्रीका सचिव
७) सुधाकर दलेला, विदेश मन्त्रालयका उपसचिव
८) रविश कुमार, प्रवक्ता विदेश मन्त्रालय
९) सन्जीवकुमार सिंग्ला, प्रधानमन्त्रीका स्वकीय सचिव
१०) जगदीश थाकर, जनसम्पर्क अधिकृत
११) विवेककुमार, उपसचिव प्रधानमन्त्री कार्यालय

सहयोगी टोली
१) डा.नभित विग (धष्न) निजी चिकित्सक
२) डा.गौतम शर्मा, निजी चिकित्सक
३) हिरेन जोशी, आईटी विज्ञ
४) आशुतोषनारायण सिंह, एमआर
५) शरदचन्द्र, सूचना अधिकृत प्रधानमन्त्री कार्यालय
६) आशिष शर्मा, विदेश मन्त्रालय
७) अम्बु माफेन जर्ज, विदेश मन्त्रालय
८) निशान्त कुमार, सहयोगी
९) निशित सुधरी मण्डल, सर्जन
१०) विशाल कुमार, प्रधानमन्त्री कार्यालयका स्वकीय
सचिव
११) सुमन सिंह, प्रधानमन्त्री कार्यालयका स्वकीय
सचिव
१२) अन्सुल मोहनलाल, सहायक दोभाषे
१३) प्रवीनकुमार अरोरा, निजी सचिव प्रधानमन्त्री कार्यालय
१४) सुरेश प्रजापत, निजी सचिव
१५) दीपक जोशी, कार्यकारी सहायक प्रधानमन्त्री कार्यालय
१६) दिनेश मेना
१७) अखिलेश कुमार
१८) निराज सेराखर
१९) सुतेश चुठान
२०) प्रंकज शर्मा

सुरक्षाकर्मी
१) सौमित्रा पाण्डे, एआइजी भारतीय प्रहरी
२) वैभव पटेल, सुरक्षा अधिकृत
३) दिलिप सिंह
४) लाल चन्द
५) देवेन्दर पाण्डे
६) गुरदास सिंह
७) जेपी शाही, एआइजी
८) पवित्रा चक्रवर्ती, वरिष्ठ प्राविधिक सुरक्षा अधिकृत
९) चन्दर नाकपाल, प्राविधिक अधिकृत
१०) एके चौबे, सुरक्षा अधिकारी
११) उमेश कमुार, सुरक्षा अधिकारी
१२) आरएस सिंह, सुरक्षा अधिकारी
१३) आँचल अग्रवाल, सुरक्षा अधिकारी
१४) उदयकमुार, सुरक्षा अधिकारी

सञ्चारतर्फ
१) ललितकुमार, निजी फोटोग्राफर, दुरदर्शन टेलिभिजन
२) अजयकुमार शर्मा, वरिष्ठ भिडियो पत्रकार

दोभाषे र मर्यादापालक
१) निलाक्षी साह सिन्हा
२) मालिनी गुप्ता
३) सुरिता निरुला
४) आदित्यकुमार भाटी

प्रतिक्रिया दिनुहोस