१४ सहसचिवको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१४ सहसचिवको सरुवा


प्रशासन विशेष ब्युरो

२७ बैशाख २०७५, बिहिबार


सचिव

काठमाडौं सरकारले १४ जना सहसचिवको सरुवा गरेको छ। १८ जना सहसचिवको सरुवा गरेको ४ दिनपछि पुनः १४ जना सहसचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुशार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव दीर्घराज मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका डा। नारायणप्रसाद रेग्मी, उद्योग मन्त्रालयका मुकुन्दप्रसाद पौडेल र निजामती किताव खानाका महानिर्देशक मनमाया भट्टराईलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी संघीय मामिला मन्त्रालयका डा। हरि पौडेल र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका यमलाल भूसाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, अर्थ मन्त्रालयका सहसचिवहरु शंकर प्रसाद खरेललाई निर्वाचन आयोग, गणेशप्रसाद पाण्डेलाई युवा तथा खेलकुद मन्त्रालय, केवलप्रसाद भण्डारीलाई निजामती किताब खानाको महानिर्देशक र भूपाल बराललाई सामान्य प्रशासनमन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

त्यस्तै निर्वाचन आयोगका वीरेन्द्रकुमार मिश्रलाई सञ्चार तथा सुचना प्रविधि मन्त्रलाय, शान्ति मन्त्रालयका ईश्वरचन्द्र महरहठ्ठालाई काठमाडौ महानगरपालिका र पोखरा महानगरपालिकाका दीर्घ नारायण पौडेललाई प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत १८ जना सहसचिवको सरुवा गरेको थियो ।

१८ सहसचिवको सरुवा, भरतपुर महानगरपालिकाको कार्यकारीमा नेत्र सुवेदी

Tags :
प्रतिक्रिया दिनुहोस