गोली हान्न लगाइ धार्मिक हिंसा फैलाउन खोजेको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोली हान्न लगाइ धार्मिक हिंसा फैलाउन खोजेको आरोपमा धर्मगुरु आचार्य श्रीनिवास पक्राउ


२४ बैशाख २०७५, सोमबार


काठमाडौं । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् ।

आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले आचार्य श्रीनिवासलाई पक्राउ गरेको हो ।

आचार्यसँगै उनका अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय माधव चौधरी नवलपरासी गैंडाकोट ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीसमेत पक्राउ परेका छन् ।

हिन्दुधर्मावलम्बी र धर्म गुरुहरुलाई निर्णायक आन्दोलन गर्न उक्साउनका लागि आचार्यले आफैं स्वयंमाथि गोली हान्न लगाएको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक(एसपी) अरुणकुमार बिसीले बताएका छन् ।

प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले आचार्यले लक्ष्मीराज अधिकारीलाई गोलीसहितको हतियार व्यवस्थापन गर्न लगाई गोली हान्ने मान्छे चौधरीलाई खोजी प्रशिक्षणसमेत दिई गोली हान्न लगाएको पत्रकार सम्मेलनमा बताएका छन् ।

अभियुक्त चौधरी र अधिकारीले स्वामीको आदेशअनुसार हातमा गोली हान्नुपर्नेमा कुममा लागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस