निःशुल्क आँखा परीक्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निःशुल्क आँखा परीक्षण


२३ बैशाख २०७५, आइतबार


दाङ । दाङका ३०० भन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क आँखा परीक्षण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ ले शनिबार आयोजना गरेको शिविरमा ३५० जनाको आँखा परीक्षण गरिएकामा अधिकांशमा मोतिविन्दुको समस्या देखिएको राप्ती आँखा अस्पताल रक्षाचौरका दृष्टि विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए ।

सो शिविरमा मोतिविन्दु भएकामध्ये ७० जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको यादवले बताए। उनीहरुको आँखामा लागेको मोतिविन्दुको शल्यक्रिया राप्ती आँखा अस्पतालले गर्ने व्यवस्था मिलाइएको वडाध्यक्ष चित्रबहादुर वलीले बताए । शिविरमा आएकामध्ये ७० प्रतिशतभन्दा बढी महिला रहेका थिए ।

ज्येष्ठ नागरिकका लागि छुट्याइएको लक्षित वर्ग तर्फको ५० हजारको बजेटबाट वडा कार्यालयको आयोजनामा शिविर गरिएको हो । आर्थिक अभावका कारण घरमा नै दृष्टि बन्द भएर बस्नुपर्ने समस्यालाई दृष्टिगत गरी आँखा शिविर आयोजना गरिएको बताइएको छ । घरआँगनमै निःशुल्क आँखा सेवा पाएपछि आफूहरु खुशी भएको ज्येष्ठ नागरिक तिलक बस्नेतले बताए । रासस

प्रतिक्रिया दिनुहोस