अब नयाँ बसपार्कमा कम्पनीका काउन्टर मात्र रहने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब नयाँ बसपार्कमा कम्पनीका काउन्टर मात्र रहने


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । सरकारले नयाँ बसपार्कबाट सञ्चालनमा रहेका यातायात संघ तथा समितिका सबै काउन्टर बन्द गर्ने निर्णय गरेको छ ।

यातायात मन्त्रालयले काउन्टर बन्द गर्ने निर्णय गरेको हो । उक्त निर्णयअनुसार यातायात व्यवसथा विभागले बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिलाई संघ तथा समितिका काउन्टर खाली गराउन निर्देशन दिएको हो ।

यातायात व्यवायीले वन्द हड्ताल गर्दै सरकारलाई असहयोग गरेको भन्दै उनीहरुका काउन्टर बसपार्कबाट हटाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए ।

काउन्टर हटाउन लोत्सेले प्रहरीको सुरक्षा मागेकोमा गृहमन्त्रालयले सुरक्षाका लागि प्रहरीलाई निर्देशन दिइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस