मोदीको सुरक्षामा बुलेट पु्रप गाडी र जामरसहित पाँच हजार सुरक्षाकर्मी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोदीको सुरक्षामा बुलेट पु्रप गाडी र जामरसहित पाँच हजार सुरक्षाकर्मी


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७५, शुक्रबार


काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर महानगरी प्रहरी कार्यालयले दुईदिने विशेष सुरक्षा योजना तयार पारेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलिको निमन्त्रणामा यही वैशाख २८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सुरक्षित र प्रभावकारी बनाउन विशेष सुरक्षा योजना तयार पारिएको हो।

मोदीको सुरक्षामा करिब पाँच हजार सुरक्षाकर्मी परिचालन हुनेछन। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले सुरक्षा योजनाको विस्तृत विवरण भने सार्वजनिक गर्न नमिल्ने बताए।

मोदीको वासस्थानका लागि होटल हायातलाई छनोट गरिएको छ। उनले यात्रा गर्ने बुलेटप्रुफ गडीको पछुवा विशेष प्रविधि जडित जामर गाडीसहित र दाँया बाया तथा अगाडि पछाडिबाट छ वटा सवारी साधनले सुरक्षा प्रदान गर्ने खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस