संयुक्त विद्यार्थी संगठनद्वारा शुल्क बृद्धिको विरोधमा देशभरिका शिक्षा इकाइमा तालाबन्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संयुक्त विद्यार्थी संगठनद्वारा शुल्क बृद्धिको विरोधमा देशभरिका शिक्षा इकाइमा तालाबन्दी


२० बैशाख २०७५, बिहिबार


काडमाडौं । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयको मनपरि शुल्क नियन्त्रणका लागि शिक्षा बिभागका महानिर्देशक र देशभरका शिक्षा बिकास र समन्वय इकाइको कार्यालयमा तालाबन्दी गरेका छन् ।

पूर्व घोषित कार्यक्रमअन्तर्गत शुल्क नियन्त्रणका लागि दबाबमूलक आन्दोलन गरिरहेका विद्यार्थी संगठनहरुले देशैभरि तालाबन्दी गरेका हुन्।

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा मनपरी ढंगले बृद्धि गरिरहेको भन्दै विद्यार्थी संगठनले सरकार समक्ष जोडदार माग गरेको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस