चिर्पट प्रहार गरी बुहारीको हत्या गर्ने ससुरा पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चिर्पट प्रहार गरी बुहारीको हत्या गर्ने ससुरा पक्राउ


१९ बैशाख २०७५, बुधबार


काभ्रे । जिल्लाको चौरी देउराली गाउँपालिका– ५ गनेटारमा आफ्नै बुहारीको चिर्पट प्रहार गरी हत्या गर्ने एक ससुरा पक्राउ परेका छन् ।

५१ वर्षीय ससुरा पदमलाल चौलागाइले १८ वर्षीया बुहारी विपना ढकाल चौलागाईलाई चिर्पटले प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गत सोमबार घरायसी बिवादका कारण ससुराले बुहारीलाई चिर्पटले हानी मृत्यु भएको र मृत्यु पश्चात नजिकैको जंगलमा पुरेर फरार रहेकोमा बुधबार आफन्तले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान् नुवाकोटामा ज्यामी काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस