जिब्रो चुडालिने गरी वृद्धामाथि आक्रमण, एक पक्राउ « प्रशासन
Logo १६ असार २०७९, बिहिबार
   

जिब्रो चुडालिने गरी वृद्धामाथि आक्रमण, एक पक्राउ


१८ बैशाख २०७५, मंगलबार


झापा । इलामको रोङ गाउँपालिका–१ कटहरेकी एक वृद्धामाथि मरणासन्न हुनेगरी कुटपिट गरिएको छ ।

आइतबार राति करीब ११ बजे उनलाई आफ्नै घरमा केही युवाले दुव्र्यवहार गरी मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक गणेश बस्नेतले जानकारी दिए । उनका अनुसार पीडक युवाले ती वृद्धाको जिब्रोसमेत थुतिदिएका छन् ।

‘बलात्कार भएको हो भन्ने कुरा पनि आइरहेको छ,’ उनले भने, ‘हामी अनुसन्धानमा छौँ । बलात्कार हो वा होइन भन्ने अस्पतालको रिपोर्ट आएपछि मात्र थाहा हुन्छ ।’ पीडित वृद्धाको झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । उनको शल्यक्रिया गरी चुँडिन लागेको जिब्रो जोडिएको प्रहरीले जनाएको छ ।

उनकी छोरी शान्ति राईले घटना एकदमै दुःखदायी भएको भन्दै न्यायका लागि अपिल गरेकी छन् । अपरिचित व्यक्तिले वृद्धा आमालाई घरमै बलात्कार गरेको उनको आरोप छ । यता, घटनामा संलग्न भएको आरोपमा प्रहरीले रोङ गाउँपालिका–४ का २३ वर्षीय सुदीप गुरुङलाई पक्राउ गरेको छ ।

‘घटनामा संलग्नको खोजी भइरहेको बताउँदै उनले भने, ‘एकजना पक्राउ गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । दोषीलाई छाड्दैनौँ ।’ रासस

प्रतिक्रिया दिनुहोस