मोटरसाइकल दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


१७ बैशाख २०७५, सोमबार


कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीमा गएराति से३प ३६३५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने धनगढीको उत्तरबेहडी–४ का २७ वर्षीय अशोक पाण्डेको गएराति करीब ९ः०० बजेतिर धनगढी चौराहबाट घर जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक पाण्डेले चलाएको मोटरसाइकल अनियन्त्रित भई र्दुघटना हुँदा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस