गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोली लागेर घाइते धर्मगुरु डिस्चार्ज


१६ बैशाख २०७५, आइतबार


विराटनगर । केही दिन पहिले गोली हानी घाइते भएका धर्मगुरु श्रीनिवास आचार्य उपचारपछि घर फर्किएको न्यूरो अस्पताल, विराटनगरले जनाएको छ।

धर्मगुरु आचार्यलाई गएको महिना चैत २४ गते राति विराटनगरस्थित एक मन्दिरमा अज्ञात मानिसले गोली हानेका थिए।

दाहिने छातीकोे माथिल्लो भागमा गोली लागी गम्भीर घाइते भएका आचार्यलाई स्थानीय न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गराइएको थियो।  उनलाई सघन कक्षमा राखी वरिष्ठ चिकित्सक सुदीप खनियाँको समूह उपचारमा जुटेको थियो।

घटनापछि प्रहरीले शंकास्पद दुईजनालाई पक्राउ गरेपनि अनुसन्धानपछि छुटेका थिए भने अपराधी अहिलेसम्म पक्राउ नपरेकोमा धार्मिक अनुयायीहरुले आलोचना गर्दै आएका छन्। रासस

प्रतिक्रिया दिनुहोस