नेपालमा मात्र पाइने ३१२ प्रजातिका फूल फुल्ने वनस्पति « प्रशासन
Logo १६ असार २०७९, बिहिबार
   

नेपालमा मात्र पाइने ३१२ प्रजातिका फूल फुल्ने वनस्पति


१६ बैशाख २०७५, आइतबार


काठमाडौं । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ ।

वनस्पति विभागले दिएको जानकारी अनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् ।

यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् ।

विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताए। ‘औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,’ उनले भने ।

नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवर्दनमा विभाग लागेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस