विद्यालयमा फेसबुक बन्द ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विद्यालयमा फेसबुक बन्द !


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७५, शनिबार


School

सल्लेरी । सोलुखुम्बुको छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ।

एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएको हो।

विद्यार्थीको कम्प्युटर शिक्षा र शिक्षकको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राई इन्टरनेटको सहयोगमा अध्यापनमा सहज भई शैक्षिक गुणस्तर वृद्धिका लागि जोडिएको बताउँछन्।

प्रअ राईका अनुसार चाहिएको विषयवस्तु र नजानेको विषय इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ।यो खबर हामीले आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस