गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७५, शुक्रबार


Gajal

रुनुपर्ने दिनहरु सबले, आउँछन् जिन्दगीमा ।
थोरै खुशी धेरै दुःखको हुन्न रैछ यहाँ सीमा ।।

लडाई लड्न एक्लै पनि हुनुपर्छ तयार मान्छे ।
के होला र भए गति कहिले तिब्र कहिले धिमा ।।

हार्नेकै इतिहास नलेखेर विजेताको निहुन्न पूर्ण ।
हार्नेले नै गुमाई बिजेताको हुन्छ माला घाटीमा ।।

के गर्नु र भनी दोधारमै अल्झिरहँदा हामी अझै ।
रुनु मात्रबाँकी रही बिराम लागेको छ प्रगतिमा ।।

सुख दुःखनाफा घाटा उस्तै लाग्ने होस् जीवन ।
समानता देख्छ नजर अल्झिदैन घटी र बढीमा ।।

प्रतिक्रिया दिनुहोस