पठाएको ठाउँमा नजाने कर्मचारीले जागिर छोडे हुन्छ : मन्त्री पण्डित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पठाएको ठाउँमा नजाने कर्मचारीले जागिर छोडे हुन्छ : मन्त्री पण्डित


१४ बैशाख २०७५, शुक्रबार


कर्मचारी

लुम्बिनी । संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले पठाएको ठाउँमा नजाने राष्ट्रसेवक कर्मचारीले जागिर छोडे हुने बताए ।

लुम्बिनी प्रेस क्लबले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले सरकारले खटाएको स्थानमा नजाने कर्मचारी राष्ट्रसेवक हुनै नसक्ने भन्दै त्यस्ता कर्मचारीले राजीनामा दिएर अन्य व्यवसाय गरे सरकारलाई कुनै आपत्ति नहुने बताए ।

मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताए ।

मन्त्री पण्डितले सरकारले तोकेको स्थानमा नजाने कर्मचारीलाई जागिरबाट राजिनामा दिएर निजी व्यवसाय शुरु गर्न सुझावसमेत दिएका छन् ।

मन्त्री पण्डितले वैशाख १८ गतेसम्म कर्मचारीलाई १५ ठाउँ रोज्ने अवसर दिएको जनाउँदैं त्यसमा भाग नलिए पनि सरकारले खटाएको ठाउँमा जानैपर्ने बताए ।

उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले एक तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस