११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आर्थिक ७९५ बलात्कारका घटना दर्ता

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्कअनुसार चालू आवको फागुनसम्ममा प्रहरीमा ७९५ बलात्कारसम्बन्धी घटनाको उजुरी दर्ता भएको छ ।

अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कारसम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए ।

महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले आज राजधानीमा आयोजना गरेको महिला सुरक्षासम्बन्धी कार्यक्रममा उनले भने, ‘गत आर्थिक वर्षमा ११ वटा यस्ता बलात्कारका घटना दर्ता भएको थियो, अहिलेसम्मको अवस्था हेर्दा यस वर्ष पनि गत वर्षभन्दा पनि बढी बलात्कारका घटना हुने देखिन्छ ।’

केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्कअनुसार चालू आवमा भएको भएको बलात्कारसम्बन्धी घटनाअनुसार ३१ प्रतिशत १० वर्षमुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्षभित्रका, सात प्रतिशत १६ देखि १८ वर्षसम्मका किशोरी बलात्कारमा परेका छन् ।

पाँच वर्षमुनिका बालिकादेखि ६० वर्ष माथिका महिला पनि बलात्कार हुने घटना बढेको भन्दै उनीहरुले कानून संशोधन गरेरै भए पनि बलात्कारीलाई आजीवन कारावासको सजायदेखि मृत्युदण्डको व्यवस्था आवश्यक भएको सुझाव दिए ।

कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले कानूनी शासनको राम्रो अभ्यास गरी बलात्कार जस्तो जघन्य आपराधिक घटनाको अन्त्य गर्नुपर्ने बताए ।

संकल्पकी अध्यक्ष एवं मानव अधिकारकर्मी लिली थापाले बलात्कारसम्बन्धी घटनाको अन्त्यका लागि सुरक्षा निकायमा महिला सुरक्षाकर्मी वृद्धि गरिनुपर्ने, महिला सुरक्षाको लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने तथा बलात्कारसम्बन्धी स्पष्ट नीति बनाउन आवश्यक रहेकामा जोड दिइन् ।

कार्यक्रममा समाजशास्त्री डा. विन्दु पोखरेल तथा डा. छत्रा अमात्यले विद्यालय तथा कलेजका युवालाई मानवअधिकार र जघन्य अपराधका सम्बन्धमा पाठयक्रममार्फत नै शिक्षा दिई बलात्कार घटनाको अन्त्य गर्न पहल गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी अधिकांश महिला अधिकारकर्मीले बलात्कारमा सहभागी जो कोहीलाई आजीवन कारावासमा राखेर यातना दिनुपर्ने बताउँदै १२ वर्षमुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिनुपर्नेमा जोड दिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस