५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौराहाको ‘केटो’ लाई चीन पठाउने तयारी

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पशु चिकित्सकसहित वन्यजन्तु प्राविधिज्ञको टोलीले लैजान योग्य छ भनेर प्रमाणित गरेमा केटोलाई चीन पठाइने जानकारी दिए ।

अहिले केटोलाई राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खोरमा राखेर पालनपोषण गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले केटोलाई चीन पठाउन निकुञ्जले प्रस्ताव गरिसकेको बताए ।

उनले सकेसम्म उक्त केटो पठाउन पाए जंगलबाट अरु तीनवटा मात्रै नियन्त्रणमा लिन सहज हुने बताए । गएको साउन २८ गते बाढीले बगाएर भारतको शिवपुरीगढी पु¥याएको केटोलाई गत भदौ १० गते उद्धार गरिएको थियो । केटोलाई दैनिक दुध, बन्दा, गाँजर, स्याउ दिने गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्याल अहिले केटो तन्दुरुस्त रहेको बताउछन् । कोषका पशु चिकित्सक डा. अमिर षडौलाले नियमित परीक्षण हुने गरेको बताउँदै अहिले स्वास्थ्य राम्रो भएको उल्लेख गरे ।

छिमेकी मुलुक चीनलाई दुईजोडी गैँडा उपहार दिने सरकारी निर्णयअनुसार चितवन निकुञ्जमा गैँडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको छ ।

एक सातादेखि यहाँ टोली परिचालन भएका छन् । आगामी असारभित्रमा दुईजोडी गैँडा चीन पठाउने योजना रहेको निकुञ्जले जनाएको छ । सौराहामा रहेको केटो चीन पठाउन योग्य भए निकुञ्जबाट अरु एक भाले र दुई पोथी नियन्त्रणमा लिइनेछ । रासस

प्रतिक्रिया दिनुहोस