किर्ते सही गरी चार करोड हिनामिना गर्ने लेखा अधिकृत पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

किर्ते सही गरी चार करोड हिनामिना गर्ने लेखा अधिकृत पक्राउ


प्रशासन विशेष ब्युरो

१२ बैशाख २०७५, बुधबार


pakrau

गाईघाट, उदयपुर । सरकारका एकजना लेखा अधिकृतलाई पक्राउ गरिएको छ ।

कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको चार करोड रुपैयाँ हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय वाणिज्य बैंक, कटारीमा जम्मा भएको चार करोड रकम ढकालले कटारी नगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलको किर्ते सही गरेर काठमाडौं थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकबाट निकालेको खुलेको बताइएको छ ।

बैंकको खातामा तीन दिनदेखि रकम नभएको र फरार लेखा अधिकृत ढकाललाई अख्तियारको सहयोगमा काठमाडौँबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस