एक महिनाभित्र कर्मचारी नपठाए आफैं भर्ना गर्ने चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक महिनाभित्र कर्मचारी नपठाए आफैं भर्ना गर्ने चेतावनी


१२ बैशाख २०७५, बुधबार


काठमाडौं । एक महिनाभित्र कर्मचारी नखटाए आफैंले भर्ना गर्ने चेतावनी गाउँपालिका महासंघले दिएको छ ।

संघीय सरकारलाई एक महिना भित्र स्थानीय तहमा कर्मचारी पठाउँन आह्वान गर्दै नखटाइए संविधान बमोजिम आफैले कर्मचारी भर्ना गर्ने चेतावनी दिएको हो ।

जनप्रतिनिधि पाएको लामो समय भइसक्दा पनि स्थानीय तहमा कर्मचारी नभएकै कारण गाउँपालिकाहरुलाई काम गर्न अफ्ठेरो भइरहेको अवस्थामा यस्तो चेतावनी आएको हो ।

जनप्रतिनिधि असफल बन्ने खतरा बढ्दै गएको भन्दै गाउँपालिका महासंघको नवनिर्वाचित नेतृत्वको पहिलो बैठकले सरकारलाई एक महिना भित्र कर्मचारी पठाउन अल्टिमेटम दिएको हो ।

संविधानले स्थानीय सरकारलाई सेवा ऐन जारी गर्ने अधिकार दिएको भन्दै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले एक वर्ष पर्खिदा पनि कर्मचारी व्यवस्थापन नभएपछि अब पनि हामी पर्खेर बस्ने अवस्था नभएको बताए ।

अब एक महिना मात्र पर्खिने बताउँदै उनले सो समयभित्र पनि केन्द्र सरकारले कर्मचारी व्यवस्थापन नगरे गाउँपालिकाहरुलाई स्थानीय सेवा ऐन जारी गरेर कर्मचारी व्यवस्थापनको शुरुवात गर्न आह्वान गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस