लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा सम्बन्धि बस्तुगत र छोटा प्रश्नोत्तर


१२ बैशाख २०७५, बुधबार


वस्तुगत प्रश्नोत्तर

१.‘बेबी नोबल’ भनी चिनिने जोन विट्स क्लार्क अवार्ड–२०१८ बाट पुरस्कृत हुने नेपाली मूलका अमेरिकी अर्थविद को हुन् ?
–डा.प्रयाग पाठक
–अमेरिकाको म्यासाच्युसेट्स इन्स्टिच्युट अफ ट्क्नोलोजी(एमआइटी) मा प्राध्यापक रहेका डा. पाठकले शिक्षा क्षेत्रको नीति तथा बजार डिजाइनबारे गरेको सफल अध्ययनकालागि सो पुरस्कार प्रदान गरिएको ।
ऋमेरिकन इोनोमिक्स एसोसिएसनद्धारा अमेरिकामा ४० वर्ष भन्दा कम उमेर समुहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई यो पुरस्कार प्रदान गरिने ।

२. लैङ्गिक समानता तथा महिला सशक्तीकरणसम्न्धी संयुक्त राष्टसंघीय निकाय युएन वुमनको कार्यकारी बोर्ड सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ?
–सन् २०१८ अप्रिल
–नेपाल पहिलो पटक सो संस्थाको बोर्ड सदस्यमा निर्वाचित (सन् २०१९–२०२१ क लागि) भएको ।
बेर्ड सदस्यमा एसिया–प्रशान्त क्षेत्रबाट छनोट भएका अन्य राक्ष्ट्रमा भारत, बङ्लादेश,साउदी अरेविया र मङ्गोलिया रहेका ।
त्यसैगरी, आगामी तीन वर्षकालागि विकासका लागि विज्ञान तथा प्रविधि आयोगको सदस्यमा पनि नेपाल निर्वाचित भएको । आयोगमा एसिया–प्रशान्त क्षेत्रबाट नेपाल सहित चीन, थाइल्यान्ड र इरान निर्वाचित भएका ।

३. सन् २०१८ अप्रिल १२–१७ सम्म सञ्चालित काठमाडौं ओपन जीएम अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिताको उपाभि कसले जित्यो ?
–भारतका हर्ष भारथाकोटी

४. पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल कहिले खेलियो ?
-सन् १८६९ अप्रिल १८ (अमेरिकाको सानफ्रान्सिस्कोमा)

५.भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?
–विलियम जर्ज मोगर्न (सन् १८९५)
(अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविषर गरेका ।)

६.तेक्वान्दो खेललाई आधिकारिक रुपामा ओलम्पिकमा कहिले देखि समावेश गरिएको हो ?
–सन् २००० को सिड्नी ओलम्पिक देखि (सन्१९८८ मा सोलमा र सन् १९९२ मा वार्सिलोनामा भएको आलम्पिकमा तेक्वान्दोले प्रदर्शन खेलका रुपमा प्रवेश पाएको थियो ।)

७.अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?
–अप्रिल २३

८. पृथ्वी दिवस कहिले मनाइन्छ ?
–अप्रिल २२
–४७ वर्ष अघि पहिलोपटक अमेरिकाबाट मनाउन सुरु गरिएपनि सन् २००९ मा संयुक्त साष्ट्रसंघको ६३ औं महासभाले यस दिनलाई विश्वभरि पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेपछि विश्वव्यापी बनेको ।
–वातावरण संरक्षण गर्दै जीवजन्तु, वनस्पति र समग्र पृथ्वी जगतकै संरक्षण यसको मूल उदेश्य रहेको ।

९. विश्वमै दुई पटक अनुहार प्रत्यारोपण गरिएका पहिला व्यक्ति को हुन् ?
–फ्रन्सका जेरोम ह्यामोन

१०.चीन सरकारले दुईओटा वाई –१२ ई जहाज नेपाललाई कहिले हस्तचान्तरण गर्यो ?
–वि.सं. २०७५ वैशाख ४ (चीनद्धारा २ जहाज अनुदान र ४ जहाज सहुलियतपूर्ण ऋणमा उपलब्ध गराउनेसम्बन्धी सम्झौता २०६९ मङ्सिर १४ मा भएको थियो ।)

विषयगत प्रश्नोत्तर

१. नेपालको संविधान अनुसार लोकसेवा आयोगको गठन के – कसरी हुने व्यवस्था ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा २४२ अनुसार नेपालमा लोकसेवा आयोग रहने, जसमा अध्यक्ष र अन्य ४ जना सदस्य रहने, अध्यक्ष र सदस्यको नियुक्ति संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । लोकसेवा आयोगका सदस्यमध्ये कम्तीमा ५० प्रतिशत सदस्य २० वर्ष वा सो भन्दा बढी अवधिसम्म कुनै सरकारी सेवामा रहेका व्यक्तिमध्येबाट र बाँकी सदस्यहरु विज्ञान, प्रविधि, कला, साहित्य, कानुन, जनप्रशासन, समाजशास्त्र वा राष्ट्रिय जीवनका अन्य क्षेत्रमा शोध, अनुसन्धान,अध्यापन वा अन्य कुनै महत्वपूर्ण कार्य गरी ख्याति प्राप्त गरेका व्यक्ति मध्येबाट नियुक्त हुने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्यको पदावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने तथा निजको पुनः नियुक्ति नहुने व्यवस्था छ । तर सदस्यलाई अध्यक्षको पदमा नियुक्ति गर्न सकिने र त्यस्तो सदस्य अध्यक्षको पदमा नियुक्ति भएमा निजको पदावधि गणना गर्दा सदस्य भएको अवधिलाई समेत जोडी गणना गरिने व्यवस्था छ । लोकसेवा आयोगको अध्यक्ष र सदस्य भैसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिकालागि ग्राह्य नहुने तर राजनीतिक पद, कुनै विषयको अनुसन्धान, जाँचबुझ, छानबिन, कुनै विषयको अध्ययन, अन्वेषण गरी राय पेश गर्ने पदमा नियुक्त भई काम गर्न सकिने व्यवस्था छ ।

२.नेपालको संविधानमा राष्ट्रिय सुरक्षा परिषद सम्बन्धी के – कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको संविधानको धारा २६६ अनुसार नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नकालागि नेपाल सरकार, मन्त्रिपरिषदलाई सिफारिस गर्न देहायबमोजिमका अध्यक्ष र सदस्यहरु रहेको एक राष्ट्रिय सुरक्षा परिषद रहने व्यवस्था छ :
(क) प्रधानमन्त्री – अध्यक्ष
(ख) रक्षामन्त्री – सदस्य
(ग) गृहमन्त्री – सदस्य
(घ) परराष्ट्रमन्त्री – सदस्य
(ङ) अर्थमन्त्री – सदस्य
(च) मुख्य सचिव – सदस्य
(छ) नेपाली सेनाको प्रधान सेनापति – सदस्य
-रक्षा मन्त्रालयको सचिवले राष्ट्रिय सुरक्षा परिषदको सदस्य सचिव भई काम गर्ने,
-राष्ट्रिय सुरक्षा परिषदले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद समक्ष पेश गर्न लगाउने,
-राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुने,

३.प्रतिलिपि अधिकारका क्षेत्र के-के हुन् ? उल्लेख गर्नुहोस् ।
मानव हितका लागि मौलिक एवं बौद्धिक रुपले सिर्जना गरिएका रचना, प्रस्तुति एवं प्रसारणमा स्रष्टालाई कानुनद्धारा प्रदान गरिने एकलौटि अधिकार प्रतिलिपि अधिकार हो । नेपालले स्रष्टाको सिर्जनाको संरक्षण गर्न प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी कानुनको प्रमुख आधारको रुपमा रहेको सन् १९८६ को वर्न महासन्धि अनुमोदन गरेको छ । विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं विश्व व्यापार सङ्गठनको सदस्य भएको छ । प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ तर्जुमा गरी लागू गरिएको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालय स्थापना गरिएको छ । बौद्धिक सम्पत्तिका दुई हाँगामध्ये एउटा प्रतिलिपि अधिकार हो र अर्को औद्योगिक सम्पत्ति अधिकार हो । प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ, दर्ता गर्नु पर्दैन तर प्रमाण पुर्याउन सजिलोका लागि स्वेच्छिक रुपमा दर्ता गराउन सकिने व्यवस्था छ । प्रतिलिपि अधिकार सङ्केत गर्न न्न चिन्ह प्रयोग गर्ने चलन पनि छ । मानिसले गरेका रचनात्मक एवं सिर्जनात्मक सबै काम प्रतिलिपि अधिकारको दायरामा पर्छन् । मानिस बौद्धिक प्राणी भएकाले यस्ता कार्यहरु धेरै हुने हुँदा प्रतिलिपि अधिकारको क्षेत्र व्यापक र असीमित हुन्छ । समग्रमा यसको क्षेत्रलाई निम्न बुँदामा उल्लेख गर्न सकिन्छ :
क. लेखरचना : कविता, नाटक, कथा, उपन्यास, निबन्ध, पाठ्यपुस्तक, लेख, वेवपेज,विज्ञापन सन्देश आदि ।
ख.साङ्गीतिक रचना : गीत, सङ्गीत आदि ।
ग. कलात्मक रचना : मूतिकला,सचत्रकला, नक्सा, रेखाचित्र, फोटोग्राफी, खाकाचित्र आदि ।
घ. नृत्य रचना : नाटकक,नृत्य आदि ।
ङ.चलचित्र रचना : चलचित्र, टेलिभिजन कार्यक्रम, भिडियो गेम, कार्टुन फिल्म आदि ।
च. कम्प्युटर रचना : कम्प्युटर प्रोग्राम, सफ्टवेयर आदि ।

४. व्यावसायिक लेखा प्रणाली भनेको केहो ?
व्यवसायको व्यावसायिक आर्थिक कारोवारको व्यवस्थित अभिलेख गर्ने तथा सो को यथार्थ प्रतिवेदन गर्ने स्रेस्तालाई व्यावसायिक लेखा प्रणाली भनिन्छ । यसले सेवा भन्दा नाफानोक्सानलाई महत्व दिन्छ । व्यावसायिक आर्थिक कारोबारमा नाफानोक्सानको अवस्था चित्रण गर्नु यसको उदेश्य हो । यो नदेगदमा आधारित लेखा नभई प्रोद्भावी लेखामा आधारित छ । जस अनुसार नगद र बाँकी लेनदेन दुवै कारोवारको अभिलेख हुन्छ । यसले आर्थिक कारोवारमा मितव्ययिता, पारदर्शिता एवम् जवाफदेहितालाई जोड दिन्छ । दोहोरो लेखाप्रणालीमा आधारित यस लेखाले लेखाका सर्वमान्य सिद्धान्तको अवलम्बन गर्दछ । यो लेखा प्रचलित सरकारी कानुनको अधिनमा रही आफ्नै कानुनद्धारा सञ्चालित हुन्छ ।यस लेखाको नियन्त्रण व्यवसायको सञ्चालक वा मालिकबाट हुन्छ । सबै व्यवसायिक लेखामा एकरुपता नहुन सक्छ । भाषा र फारम फरक हुन सक्छ ।व्यावसायिक लेखाको अन्तिम लेखापरीक्षण मान्यता प्राप्त व्यावसायिक स्वतन्त्र व्यक्ति वा संस्थाबाट हुन्छ ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् :

http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस