लकिङ प्रणालीबाट इन्धन आयात सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लकिङ प्रणालीबाट इन्धन आयात सुरु


प्रशासन विशेष ब्युरो

१२ बैशाख २०७५, बुधबार


भैरहवा । लकिङ प्रणाली प्रयोग गरी भारतबाट इन्धन आयात सुरु भएको छ । भारतबाट आयात हुने इन्धन बीचबाटोमा हुने चुहावट रोक्न लकिङ प्रणाली लागू गरिएको हो ।

आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारीका प्रमुख अशोक शाहले अब पेट्रोलियम पदार्थ आयातका क्रममा हुने चुहावट पूर्ण रूपले नियन्त्रण हुने जानकारी दिए ।

विगतमा भारतबाट तारले बेरिएको सिल लगाएर मात्र आउने हुँदा चालक र सहचालकले बीचबाटोमै सिल तोडी इन्धन चोरी गरेर पुनः सिल जस्ताको त्यस्तै लगाएर नेपालको डिपोमा ल्याउने गरेका थिए । अब भने भारतमा ट्यांकरमा इन्धन लोड भएपछि भारतीय आयल कर्पोरेसनले ट्यांकरमा ताल्चा लगाइ दिन्छ । ट्यांकर भलवारी डिपोमा आएपछि आयल निगमले ताल्चा खोल्नेछ ।

एउटा ट्यांकरमा लगाइने ताल्चाको ३/३ वटा साँचो भारतीय आयल र नेपाल आयल निगम दुवैतर्फ हुन्छ । यसरी इन्धन आयात सुरु भएका कारण विगतमा भएको बदमासी पुनः नहुने प्रमुख शाहले बताए । उनले डिपोका लागि एक सय ९३ वटा ट्यांकरले इन्धन ढुवानी गर्ने गरेकामा पहिलो चरणमा ३३ वटामा लकिङ प्रणाली लागू गरिएको जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय भलवारी डिपोमा भारतको बैतालपुर र मुगलसरायबाट एक सय ९३ वटा ट्यांकरबाट इन्धन ढुवानी हुन्छ । बैतालपुरबाट आठ सय केएल डिजेल र मुगलसरायबाट दुई सय केएल पेट्रोल भलवारी डिपोमा आउने गर्दछ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्र्टराइले लकिङ प्रणाली निगमको सुधारको महŒवपूर्ण कदम भएको बताए ।

उनले लकिङ प्रणालीअन्तर्गत ट्यांकरमा प्रयोग गरिएको ताल्चाको नक्कली साँचो बनाउन नमिल्ने हुँदा कुनै किसिमको बदमासी नहुने बताए । सन् २००२ देखि भारतमा यही लकिङ प्रणालीमार्फत इन्धन ढुवानी भइरहेको छ । भारतमा गोदरेज कम्पनीले निर्माण गरेको ताल्चा प्रयोग भइरहेका कारण यहाँ पनि सोही कम्पनीको ताल्चा प्रयोग गरिएको छ ।

एउटा ट्यांकरमा लगाइने ताल्चाको ३र३ वटा साँचो भारतीय आयल र नेपाल आयल निगम दुवैतर्फ हुन्छ ।

उटा ताल्चाको मूल्य करिब १० हजार रुपैयाँ छ । मंगलबार निगमको भलवारी डिपोले एक कार्यक्रम आयोजना गरी लकिङ प्रणालीमार्फत सुरु भएको इन्धन ढुवानीको उद्घाटन गरेको छ । ट्यांकर र पेट्रोलियम व्यवसायीले लकिङ प्रणालीमार्फत इन्धन ढुवानी भएकामा स्वागत गरेका छन् । पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका अध्यक्ष राकेशकुमार कसौधनले लकिङ प्रणालीमार्फत इन्धन ढुवानी हुँदा ब व्यवसायीमाथि कुनै किसिमको लान्छना नलाग्ने बताएको खबर हामीले आजको अन्नपुर्ण पोष्टबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस