सैनिक जवान भर्तीमा पनि किर्ते ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सैनिक जवान भर्तीमा पनि किर्ते !


प्रशासन विशेष ब्युरो

१२ बैशाख २०७५, बुधबार


नेपालगञ्ज । नक्कली शैक्षिक प्रमाणपत्र र भाडाका परिक्षार्थी प्रयोग गरी सैनिक जवानमा भर्ती गराउने एक गिरोहलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

सेनाको आग्रहका आधारमा नै उक्त गिरोका सदस्यहरु बैजनाथ गाँउपालिका १ चिसापानीका टीकाराम वस्नेत, वसन्त बिक र सप्तरी घर भएका राजेश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोहलपुर प्रहरीले जनाएको छ।

सुर्खेतका एक व्यक्तिलाई सेनाको सैनिक जनावमा भर्ती गर्न रकम लिएर नक्कली प्रमाणपत्र उपलब्ध गराउनुका साथै फिजिकल, दौड, बेरिङ चेक, मेडिकललगायतका काममा भाडाका व्यक्तिहरु प्रयोग गरिएको थियो।

गिरोहले सरकारी छापको प्रयोग गरेर हुबहु सक्कलीजस्तै देखिने प्रमाणपत्र तयार पारका थिए। इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत तथा प्रहरी निरीक्षक निरञ्जन घिमिरेले नेपाली सेनामा भर्ना भएका ती व्यक्तिले चितवनमा भइरहेको सैन्य तालिमका क्रममा छनोट परीक्षामा गरेको उपलब्धि विपरीत काम गरेपछि भर्नामा किर्ते भएको सेनाले आशंका गरी अनुसन्धानका लागि आग्रह गरेको बताए। यो खबर हामीले आजको राजधानी दैनिकबाट लिएका हौं ।

प्रतिक्रिया दिनुहोस