एसपी विकासराज खनाल पक्राउ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एसपी विकासराज खनाल पक्राउ


प्रशासन विशेष ब्युरो

११ बैशाख २०७५, मंगलबार


काठमाडौँ । ३३ किलो सुन प्रकरण अनुसन्धानका क्रममा एसपी विकासराज खनाललाई नियन्त्रणमा लिइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको सुन तस्करी छानविनका सिलसिलामा गठित उच्चस्तरीय छानबिन समितिले मंगलबार बहालवाला एसपीलाई नियन्त्रणमा लिएको हो ।

बयानका लागि गृहमन्त्रालय बोलाइएका खनाल बयान सकेलगत्तै समितिको निर्देशनमा नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गणमा पुर्‍याइएको थियो । हाल मकवानपुरमा कार्यरत खनाल एक वर्षअघि विमानस्थलमा कार्यरत थिए ।

यसअघि इटहरीमा कार्यरत डिएसपी सञ्जय राउतको बयान लिँदै गर्दा एकैछिन भनी बाहिर निस्केका राउत गृहमन्त्रालयबाटे भागेका थिए । स्रोतका अनुशार ३३ किलो सुन प्रकरणमा अहिलेसम्म २५ जनालाई पक्राउ गरी सकिएको छ भने अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस