२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास आयोजनाबाट रोजगारी

अ+ अ-

म्याग्दी । जिल्लामा निर्माण हुँदै गरेका विभिन्न विकासे आयोजनाबाट पाँच हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । भवन निर्माण, नदी नियन्त्रण, जलविद्युत्, सडक र विभिन्न उद्योगमा उनीहरुले रोजगारी पाएको निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष नारायण जिसीले बताए ।

कालीगण्डकी करिडोर अन्तर्गतको बेनी—जोमसोम सडक आयोजना, नारच्याङमा निर्माणाधिन ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना, नारच्याङमा निर्माणाधिन पाँच मेगावाटको घलेम्दीखोला, अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधिन विद्युत् सव स्टेशन र सदरमुकाम बेनीबजार संरक्षणका लागि म्याग्दी नदी र कालीगण्डकी नदी नियन्त्रण आयोजनामा स्थानीयवासी तथा अन्य व्यक्तिले रोजगारी पाएका छन् ।

‘जिल्लामा ठूला आयोजना भित्रिएसँगै रोजगारीको अवसर सिर्जना भएको हो,’ उनले भने। बेनी—जोमसोम सडकमा मात्र तीन हजारभन्दा बढी मजदुरले तीन महिनादेखि काम गरिरहेका छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना र बेनी—दरवाङ सडक आयोजना निर्माण चाँडै शुरु हुँदैछ । स्थानीयवासीलाई प्राथमिकता दिए पनि नपाएपछि अरु जिल्लाबाट मजदुर ल्याएर काम गर्नुपरिरहेको निर्माण व्यवसायीहरु बताउँछन् ।

निर्माणाधिन आयोजनामा बाँके, बर्दिया, दाङ, कैलालीलगायत जिल्लाका साथै भारतीय मजदुरले काम गरिरहेका शर्मा/गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले बताए। नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला र घलेम्दीखोला आयोजनामा करिब पाँच सय स्थानीयवासीले रोजगारी पाएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । रासस