हजारौं प्रहरीको सरुवा–बढुवा गर्ने तयारीमा आइजीपी खनाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हजारौं प्रहरीको सरुवा–बढुवा गर्ने तयारीमा आइजीपी खनाल


प्रशासन विशेष ब्युरो

११ बैशाख २०७५, मंगलबार


नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा सरुवा खुल्ने भएको छ । संगठनको नेतृत्व परिवर्तनसँगै लामो समयदेखि रोकिएको सरुवालाई खुलाउने तयारी प्रहरी हेडक्वाटरले गरेको हो ।

संगठनमा लामो समयदेखि सुविधा सम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका प्रहरी जवानदेखि अधिकृतहरूको नामावली संकलन गरी तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनालले दिएको निर्देशन सँगै कर्मचारी प्रशासन महाशाखा तयारीमा जुटेको छ ।

उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालदेखिकै पालादेखि करीब ३ वर्षदेखि रोकिएको तल्लो तहको बढुवा र सरुवालाई आइजीपी खनालले एकैपटक गर्ने भएका हुन् । केही दिन अघि मात्रै ठूलो संख्यामा सइको बढुवा भइसकेको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुशार प्रहरी जवानदेखि उच्च तहका प्रहरी अधिकारी गरी ६ हजारको सरुवा र १६ सय भन्दा बढीको बढुवाको तयारी अगाडी बढाइएको छ ।

दशौं वर्षदेखि प्रहरी मुख्यालयको विभिन्न शाखामा कार्यरत अधिकारीहरुलाई दुर्गममा पठाउने र दुर्गमबाट प्रहरी प्रधान कार्यालयलगायत सुगममा सरुवा गर्ने तयारी रहेको एक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस