१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनाङको मौलिक तिर पर्व सकियो

अ+ अ-

मनाङ । मनाङमा हरेक वर्ष नयाँ वर्षमा मनाङ्गेले मनाउने तिर पर्व यस वर्ष पनि धुमधामका साथ मनाएका छन् ।

हिमाली जिल्ला मनाङको चामे गाउँपालिकाको सदरमुकाम चामे, नासोङ गाउँपालिकाको थोंचे, निस्याङ गाउँपालिकाको मनाङ गाउँ मनाङ र नार्पाभूमि गाउँपालिकाको नारगाउँमा मेथा अर्थात् तिर पर्व धुमधामका साथ मनाइएको छ । परापूर्वकालदेखि चलिआएको यो मौलिक पर्वलाई जीवितै राख्नको लागि मनाङका स्थानीयले हरेक वर्ष नयाँपनका साथ मेथा ध्वाज्याङअर्थात् (तिर) पर्व मनाउने गर्दछन् ।

मेथा पर्व गाउँभरिका युवा, वृद्ध सबै एकै ठाउँमा भेला भएर एक सातासम्म मनाउने यो पर्व पछिल्लो समय पाँच दिनसम्म मनाउने गर्दछन् । बुधबारबाट शुरु भएको तिर पर्व आइतबार सकिएको हो । गाउँको कृषि उत्पादनमा सहयोग पु¥याउने, राक्षस प्रवेश नगर्ने, झैझगडा नभई शान्ति फैलियोस् भन्दै सबै गाउँलेले एकापसमा माया, सद्भाव र एकता बढाउने कामनाका साथ यो पर्व मनाइने गरिएको नासोङ गाउँपालिकाका प्रमुख चन्द्र घलेले बताए ।

तिर हान्ने पर्वमा दुई पक्षबीच प्रतिस्पर्धा हुन्छ । केही दशक अघिसम्म पर्वको अन्तिम दिनमा स्थानीयले एउटा केटा र एउटा केटीको राक्षस अंकित प्रतिमा बनाउने गरेको र सोही राक्षसको प्रतिमालाई लक्षित गरी तिर हान्ने र मार्ने गरेको प्रमुख घलेले बताए। पहिले जसले राक्षसलाई अन्त्य गर्दछ उही व्यक्ति समुदायमा वर्ष पुरुष मान्ने गरिन्थ्यो । उनी भन्छन् ,‘हिजोआज पुराना चलनलाई केही नयाँपन दिएर तिर पर्व मनाउन थालिएको छ ।’

स्थानीयले पर्वको खुसियालीमा मीठामीठा परिकार खाने, विजेतालाई पैसा उठाएर पुरस्कार दिने र नाचगान गरी रमाइलो गर्ने गरेको स्थानीय विनोद गुरुङले बताए। पर्वमा रौनकता दिनका लागि आफ्नै सांस्कृतिक वेषभूषासहित स्थानीय सहभागी हुने गर्दछन् । गुरुङ भन्नुहुन्छ, ‘वेषभूषासहित हातमा वाण लिएर तिर हान्दा निकै रमाइलो हुने गर्दछ । हिजोआज स्थानीयले मेथा पर्वलाई पर्यटनसँग जोड्न थालेका छन् । पदमार्गमा आएका पर्यटकलाई पनि पर्वमा सहभागी गराउने गर्दछन् । मनाङ हुँदै अन्नपूर्ण चक्रिय पदमार्गमा आएका आन्तरिक तथा बाह्य पर्यटक पनि यस पर्वमा सहभागी भई मनोरञ्जन लिने गर्दछन् ।

मेथा ध्वाज्याङ पर्व मनाङका चार वटै गाउँपालिका नेस्याङ, चामे, नारपाभुमी र नासोङमा फरकफरक शैलीमा मनाउने चलन छ । मनाङमा मेथा पर्व पछि घोडा जात्रा, आङुमुदे जात्रालगायतका विभिन्न प्रकारका जात्रा मनाइने गरिन्छ ।

मनाङमा तिर पर्व (ध्वाज्याङ) को रनक हिउँद सकिएर बर्खा लागेको संकेत परम्परागत पोषाकमा सजिएर तिर प्रहार गरेपछि सुख शान्ति र समृद्धि हुने धार्मिक मान्यता रहेको छ । जिल्लाभरि नै ध्वाज्याङअर्थात् तिर पर्वको रनक चलेको छ ।

प्रतिक्रिया दिनुहोस