लैनचौरबाट लागूऔषध कारोबारी पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लैनचौरबाट लागूऔषध कारोबारी पक्राउ


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७५, आइतबार


काठमाडौं । महानगरीय प्रहरी वृत्त लैनचौरले ४ जना अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाको अर्जुन चौपारी गाविस–३ का २२ वर्षीय रविन गुरुङ्ग, सोलुखम्वुको दिङ्गला–९ का ३३ वर्षीय लाक्पा शेर्पा, पर्साको लङ्गडी–१ का १९ वर्षीय दिपु कुमार र सोही ठाउँका १८ वर्षीय राजु कुमार छन् ।

विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्लाष्टिकको झोलाभित्र लुकाइ राखिएको अवस्थामा लागूऔषध भेटिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

पोखरेलका अनुसार उनीहरुको साथबाट डाइजिल्इाब एम्पुल ७ सय ७६ थान, फेनेरागन एम्पुर ५ सय ९० थान र नोफिन ५ सय ५६ एम्पुल बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस