काठमाडौं । भारतबाट ल्याएका विभिन्न कम्पनीका मोटरसाइकलको नक्कली ब्लुबुक बनाई बेच्ने गिरोह पक्राउ परेको छ ।
पक्राउ पर्नेमा हेकुली ३ दाङका सनम चौधरी, मकवानपुर धिमाल २ का धनबहादुर योञ्जन र दोलखा ८ विर्तेश्वरका गोपाल नेपाली रहेका छन् ।
उनीहरुले भारतबाट मोटरसाइकल ल्याएर काठमाडौंमा विभिन्न व्याक्तिलाई किर्ते गर्दै ब्लुबुकसमेत बनाएर बेच्ने गरेको एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।
उनीहरुबाट १३ वटा मोटरसइकल, चाबी, ब्लुबुक, मोबाइल र नगद १ लाख ४२ हजार ३ सय ५० बरामद गरिएको छ ।
उनीहरुले भारतबाट काठमाडौं भित्र्याएका मोटरसाइकल बजार मूल्यभन्दा ५० हजार कममा बेच्ने गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पोखरेलका अनुसार काठमाडौंमा चोरीका मोटरसाइकल र नक्कली कागज बनाएर बेच्ने गिरोह सक्रिय छ ।