डोटी जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोटी जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो


९ बैशाख २०७५, आइतबार


डोटी । डोटीमा शनिबार अपराह्न भएको जिप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति बाटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बाटामा मृत्यु हुनेमा शिखर नगरपालिका ८ लाटामाडौँकी ३५ वर्षीया झाकरी भुल र नगरपालिका ३ की २८ वर्षीया धौलीदेवी भुल छन् ।

यसअघि शिखर–३ जोरागाउँकी ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय सुरज भुलको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा घाइते रहेका १४ जनामध्ये एक जनाको नेपालगञ्ज र १३ जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

शनिबार अपराह्न दिपायलबाट शिखर–३ जोरागाउँ जान लागेको ग १ ख ५२७५ नंको बोलेरो जिप दुर्घटना भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस