नेपाल निजामती कर्मचारी संगठनद्वारा अभिभावकत्व ग्रहण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेपाल निजामती कर्मचारी संगठनद्वारा अभिभावकत्व ग्रहण


प्रशासन विशेष ब्युरो

८ बैशाख २०७५, शनिबार


बागलुङ । नेपाल निजामती कर्मचारी संगठनले एक जना विपन्न विद्यार्थिको अभिभावकत्व ग्रहण गरेको छ ।

संगठनको स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङले १ जना विपन्न विद्यार्थी भर्ना गरी अभिभावकत्व ग्रहण गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार मुगुवाट शुरुवात गरेको भर्ना अभियानलाई सघाउँदै बागलुङ नगरपालिका वडा नं. २ निवासी ८ वर्षिय छात्र गोकुल नेपालीलार्इ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङका अध्यक्ष राम प्रसाद उपाध्यायले अभिभावकत्व ग्रहण गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं. ४ का सांसद इन्द्रलाल सापकोटाले प्रधानमन्त्री ओलीले शुरुवात गरेको विद्यार्थी भर्ना अभियानलार्इ सफल पार्न नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति बागलुङलेसमेत अभिभावकत्व लिएर उल्लेखनीय कार्य गरेको बताउँदै राजनीतिक नेता, कार्यकर्ता, शिक्षक, कर्मचारी सवै लाग्नुपर्ने कुरामा जोड दिएका छन् ।

सरकार तथा सरोकारवालाहरुले शिक्षा क्षेत्रलाइ विशेष प्राथमिकतामा राख्नुपर्ने र कोही बालवालिका विद्यालय वाहिर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न सके मात्र सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियान सफल हुनेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं आधिकारिक कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरे, निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नेकपा एमाले केन्द्रीय निर्वाचन आयोगको सचिवालय सदस्य ममतादेवी शर्मा, युवा परिषद कार्यालय बागलुङका उपसचिव कुश्मराज उपाध्याय, रुद्रेपिपल माविका प्रधानध्यापक राजेश श्रेष्ठ लगायतले बोलेका थिए भने कार्यक्रमको अध्यक्षता राम प्रसाद उपाध्याय र संचालन सचिव श्याम कुमार थापाले गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस