विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमान चिप्लिएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द


प्रशासन विशेष ब्युरो

६ बैशाख २०७५, बिहिबार


काठमाडौँ । १ सय ३९ यात्रु बोकेको एक विमान रनवेबाट चिप्लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज बिहीबार राति रनवेभन्दा बाहिर पुगेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको हो ।

विमान चिप्लिएपछि अवतरणको क्रममा रहेका जेट फ्लाई, चाइन साउर्थन, मलेसियन र दुवई एयरलाइन्सको विमानमध्ये तीन वटा कलकत्त र एउटा दिल्ली डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

काठमाडौंबाट ९ः४५ मा उड्नु पर्ने विमान धानवमार्ग छाडेर चौरतर्फ जोतिएपछि राति १० बजेदेखि नै अन्तराष्ट्रिय उडान बन्द भएको छ । विमानमा रहेका सबै यात्रु सकुसल रहेको र के कारण विमान रनवेभन्दा बाहिर गयो भन्ने विषय थाहा हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस