दीपक मनाङ्गे पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

दीपक मनाङ्गे पक्राउ


प्रशासन विशेष ब्युरो

६ बैशाख २०७५, बिहिबार


काठमाडौं । फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् ।

प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका मनाङ्गेलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार साँझ स्वयम्भूको तीनधारास्थित घरबाट पक्राउ गरेको हो ।

ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजायलाई सर्वोच्च अदालतले सदर गरेपछि फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस