१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपहारको गैंडा लिन चिनियाँ प्रतिनिधि चितवनमा

अ+ अ-

रत्ननगर । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया सुरु भएको छ ।

केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए ।

चिनियाँ प्रतिनिधिसमेत चितवन आएकाले बिहीबार पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन भयो ।

चिनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ्ग चितवन आइपुगेको र केही दिनमा थप प्रतिनिधिहरु आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए ।

सरकारले वि.सं. २०७१ सालमै चीनलाई २ जोडी गैंडा उपहार दिने निर्णय गरिसकेको छ । यहाँबाट कम उमेरका गैंडा पठाईने छ । पहिलो चरणमा २ वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ । बोमामा राखेर आगामी असार महिनाभित्रमा चीन पठाउने योजना छ ।

सौराहा नजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको बोमा बनाइएको छ । चितवनबाट पठाइने गैंडामध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाईल्ड एनिमल पार्कमा राखिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस