शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शुक्लाफाँटामा बाह्रसिंगाको अनुगमन


६ बैशाख २०७५, बिहिबार


भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बाह्रसिंगाको अनुगमन थालिएको छ ।

निकुञ्ज कर्मचारी र साझेदार निकायहरुको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाँटा र आसपासका क्षेत्रमा बाह्रसिंगाको अनुगमन एवं गणनासमेत गर्न थालिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बाह्रसिंगाको वासस्थान, अवस्था र गणना कार्यसमेत भइरहेको जानकारी दिए। पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बाह्रसिंगाको नयाँ वासस्थान एवं समग्र अवस्थाबारे जानकारी हुने उनको भनाइ छ ।

यसअघिको रेकर्डअनुसार शुक्लाफाँटामा विश्वमै सबैभन्दा बढी २ हजार ३०० को संख्यामा बाह्रसिंगाको झुण्ड देख्न पाइने गरेको छ ।

निकुञ्जकै मुख्य आकर्षणका रुपमा रहेको बाह्रसिंगाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट २४ किलोमिटरको दूरीमा रहेको शुक्लाफाँट उपयुक्त स्थान हो । फाँटमा वन्यजन्तुका लागि चरिचरनसँगै प्यास मेटाउन कृत्रिम तलाउसमेत निर्माण गरिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस