२८ लाखमा नक्कली सुन बेच्ने दुर्इ जना पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

२८ लाखमा नक्कली सुन बेच्ने दुर्इ जना पक्राउ


प्रशासन विशेष ब्युरो

६ बैशाख २०७५, बिहिबार


काठमाडौं । नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने कर्ण लिम्बु फरार छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार काठमाडौंको नागर्जुन नगरपालिका–६ मा उनीहरुले सुन जस्तो देखिने १ केजी धातुलाई सुन भनेर विश्वस्त बनाई २८ लाख ६० हजार रुपैयाँ ठगी गरेका र रकम लिएपछि फरार भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

महानगरीय प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेका दुई जनाविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट ५ दिनका म्यादसहित अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस