इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

इक्यान निर्वाचनमा उम्मेदवारी दर्ता


६ बैशाख २०७५, बिहिबार


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी वैशाख ८ हुने नयाँ निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरिएको छ ।

नयाँ नेतृत्वका लागि विष्णुहरि पाण्डेको समूह र सरोज बस्नेत समूहले उम्मेदवारी दर्ता गराउनु भएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले जानकारी गराए । उनका अनुसार कुल १८ पदका लागि ३७ जनाको उम्मेदवारी परेको छ । समूहभन्दा फरक स्वतन्त्र रुपमा कृष्ण केसीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए ।

उनका अनुसार इक्यानको आगामी वैशाख ८ गते हुने १२ औँ साधारणसभाले १८ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । पाण्डेको समूहमा उपाध्यक्षमा देवीदास भट्टराई, खड्ग ताम्लिङ लिम्बू र सपना भण्डारी, महासचिवमा शेषराज भट्टराई, सचिवमा श्यामबहादुर कँडेल र दीपकराज भुसाल, कोषाध्यक्षमा गोविन्द अधिकारी तथा सहकोषाध्यक्षमा निरुपमा महर्जनले उम्मेदवारी दर्ता गराए ।

बस्नेत समूहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, महेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम केसी र ज्ञानेन्द्रमान जोशी, कोषाध्यक्षमा सूर्यबहादुर डाँगी तथा सहकोषाध्यक्षमा राकेश श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।

साधारणसभामा ३७७ जनाले मतदान गर्नेछन् । इक्यानमा पाँच जिल्ला शाखासहित करिब ५०० कल्सटेन्सी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस