ऋणमा डुब्दै भूकम्पपीडित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ऋणमा डुब्दै भूकम्पपीडित


प्रशासन विशेष ब्युरो

६ बैशाख २०७५, बिहिबार


काठमाडौं । पहिलो र दोस्रो किस्ता पाउनेले ऋण गरेर घर बनाइरहेका छन् । अनुदान पाउन छुटेकाहरू पनि ऋणपान गरेर घर बनाइरहेका छन् ।

भूकम्पपीडितको सूचीमा कालिन्चोक–९ का भक्तबहादुरको नाम छैन । इन्जिनियरले पटक(पटक घर सर्भे गरे पनि उनी छुटे । उनले ऋण गरेर घर बनाए । ६ लाख ऋण लागेको उनले बताए । भने, ‘दुई पटक घर नापेर गयो । तर, पैसा पाइएन । त्यसपछि ऋण गरेर आफैँ घर बनाएँ ।’ ड्राइभिङ पेसा गर्ने उनी ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् ।

प्रायः भूकम्पपीडितले सहकारीबाट १८ प्रतिशत ब्याजमा ऋण लिएर घर बनाइरहेको खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ । अन्यले गाउँका मानिसबाट सयकडा ३ रुपैयाँले ब्याजमा ऋण लिएर घर बनाइरहेका छन् । सिन्धुपाल्चोक बाह्रबिसेका वीरबहादुर तामाङले पनि ऋण गरेर घर बनाए । स्वास्थ्यचौकीमा कार्यरत उनी आफ्नो गाउँका ७५ प्रतिशत घरधुरीले ऋण लिएर घर बनाएको बताउँछन् ।

वडासदस्य सुनुवारका अनुसार तामाकोसी गाउँपालिका(७ मा ९ सय मतदाता छन्, जसमध्ये अधिकांशको घरमा दुईदेखि चार लाखसम्म ऋण छ । स्थानीय ललितबहादुर कार्की घर बनाउँदा ४ लाख ऋण लागेको बताउँछन् । भूकम्पपीडित गाउँको एउटै वडामा चार वटासम्म सहकारी सञ्चालित छन् । सो क्षेत्रमा पहिलो किस्ता लिने अधिकांशले ऋण लिएर घर बनाएका छन् । सोही स्थानमा ४ वटा सहकारी सञ्चालित छ । गाउँमा आर्थिक अवस्था मजबुत हुनेहरू ऋणदाता भएका छन् । उनीहरूले एक सयको ३ रुपैयाँमा ऋण दिने गर्छन् । ऋण तिर्ने एउटै उपाय छ, सरकारको अनुदान ।

प्रतिक्रिया दिनुहोस