१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डिप बोरिङबाट सुख्खा डाँडामा  खानेपानी

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२, स्थित कोल्टा डाँडामा डिप बोरिङबाट खानेपानी निकालिएको छ ।वडा कार्यालयको ३१ लाखको लगानीमा २५ किलोभोल्टको विद्युत् ट्रान्सफर्मरको सहायताले जमिनबाट ४०२ मिटर गहिराइमा ड्रिलिङ गरी डेढ इञ्च बराबरको स्वच्छ पानी निकालिएको हो ।

समुद्री सतहबाट करीब एक हजार ४०० मिटर उचाइमा रहेको सुख्खा डाँडाबाट स्वच्छ पानी निस्किएपछि सो वडाका ४४२ घर परिवारलाई खानेपानीमा सहयोग पुगेको वडाध्यक्ष धु्रवराज गिरीले बताए ।२०७२ सालको विनाशकारी भूकम्पले जिल्लाका धेरै ठाउँमा पानीको स्रोत सुकेको छ । त्यसैगरी सो वडामा पनि पानीको स्रोतमा कमी आएपछि वडावासीलाई समस्या पर्दै आएको थियो ।

कुन उपायबाट थप पानी उपलब्ध गराउन सकिन्छ भन्ने चिन्ताले वडावासीलाई सताउन थालेको थियो । त्यसै सन्दर्भमा साविक साँगाचोक गाविसका उपाध्यक्षसमेत रहेका वडाध्यक्ष गिरीले पानी निकाल्ने विधिको खोजीमा झण्डै डेढ वर्षको समय खर्चिएका थिए ।

जहाँ इच्छा, त्यहाँ उपाय भन्ने कहावतअनुसार राजधानीको एउटा कम्पनीमा आफ्नो समस्या सुनाएपछि वहाँको डेढ वर्षको परिश्रमले साकार रुप लिएको छ । वसुन्धरा रानीरोडस्थित डिकेएच रक ड्रिलिङ कम्पनी लिमिटेडले काम थालनी गरेको करीब एक महिनाको अवधिमा सफलता पाएपछि आफ्ना लागि ज्यादै खुशीको क्षण भएको गिरीले बताए ।

त्यहाँबाट निस्किएको पानी हाललाई स्थानीयले प्रयोग गर्दै आएको चुलीथुम्की खानेपानी आयोजनाको ट्याङ्कीमा मिसाइने कार्यक्रम रहेको छ । “पानी त निकालियो, तर ट्याङ्की सानो छ” वडाध्यक्ष गिरीले दुखेसो प्रकट गर्नुभयो, “बजेटको अभावमा अर्को ट्याङ्की र पाइप खरिद गर्न भने सकिएको छैन ।”

प्राविधिका कारण यहाँको सुख्खा डाँडामा पनि पानी निकाल्न सफल भएपछि खानेपानीको अभावमा देशका कतिपय बासिन्दाले बसाइँ सर्नु नपर्ने पाठ भने अवश्य सिकाएको छ । रासस

प्रतिक्रिया दिनुहोस