हड्ताल गरेमा गाडी खोसेर सुरक्षाकर्मीले चलाउने -गृहसचिव राई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हड्ताल गरेमा गाडी खोसेर सुरक्षाकर्मीले चलाउने -गृहसचिव राई


प्रशासन विशेष ब्युरो

४ बैशाख २०७५, मंगलबार


काठमाडौँ । सरकार सिन्डिकेट बिरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ ।

यही वैशाख २० गते यातायात व्यवसायीले हड्ताल गर्ने घोषणापछि सरकारले सुरक्षाकर्मीको सहयोगमा गाडी चलाएर भएपनि सार्वजनिक यातायातलाई प्रभाव पार्न नदिने भएको हो ।

वैशाख २० मा देशव्यापी हड्ताल र वैशाख २६ गतेदेखि अनिश्चितकालिन हड्तालमा उत्रने यातायात व्यवसायीको घोषणालाई विफल बनाउन सरकारले गाडी खोसेर सुरक्षाकर्मीको सहयोगमा चलाउने तयारी गरेको हो ।

गृह सचिव प्रेमकुमार राईले सडक यातायातमा रहेको सिन्डिकेट तोडेरै छाड्ने बताउँदै अत्यावश्यक सेवामा हड्ताल गर्ने कसैलाई पनि नछाड्ने चेतावनीसमेत दिएका छन् ।

‘हामीसँग नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका पर्याप्त चालक छन्’, उनले भने, ‘यातायात व्यवसायीले हड्ताल गरेमा उनीहरुकै गाडी खोसेर सुरक्षाकर्मी परिचालित गरी चलाउँछौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस