२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा बालमैत्री पूर्वाधार निर्माण

अ+ अ-

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ फलातेको शारदा आधारभूत विद्यालयमा समुदायको पहलमा बालमैत्री पूर्वाधार निर्माण भएको छ ।

स्थानीयवासी, प्रवासी, पोखरा, काठमाडौंमा बसोबास गर्ने फलातेवासी र विदेशी नागरिकको सहयोगमा २५ लाखभन्दा बढीको लगानीमा बालमैत्री पूर्वाधार निर्माण भएको हो । २५ लाख ३० हजार १११ को लागतमा पूर्व प्राथमिक र प्राथमिक तहका विद्यार्थीका लागि घेराबार सहितको बास्केटबल, फुटबल खेल्न मिल्ने खेलमैदान, स्विमिङ पुल, पिङ, खानेपानी धारा, स्लाइड, मंकीबार, सिस, प्रवेशद्वार लगायतका पूर्वाधार तयार पारिएको खेलमैदान निर्माण समितिका अध्यक्ष केश गौचनले बताए ।

स–साना बालबालिकालाई विद्यालय जाउँ जाउँ लाग्ने वातावरण बनाई उनीहरुको पढाइप्रति रुचि बढाई शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । खेलमैदान निर्माणका लागि फलातेकी नन्दकुमारी शेरचनले एक रोपनी तीन पैसा एक दाम जग्गा निःशुल्क उपलब्ध गराउनु भएको थियो । खेलकुदका सामग्री खरिदका लागि जर्मन नागरिक मिस रेजिना बडर र करिना स्टेफनले तीन लाख ३१ हजार ४३९ सहयोग गरेका छन् ।

यसैगरी पोखरा, काठमाडौंर प्रवासमा रहेका फलाते, घोप्टेखर्कका बासिन्दाले रु २९ लाख ८१ हजार ८६३ चन्दा सहयोग गरेका थिए । फलातेका ५५ घरधुरीले १०/१० दिन, चित्रेका २५ घरधुरीले एक दिन, स्वाँताका ३० घरधुरीले एक दिनका दरले श्रमदान गरेका अध्यक्ष गौचनले बताए । पर्खाल लगाएर उकासिएको खेलमैदान वरपर तारजालीले घेराउ गरिएको छ । जीर्ण अवस्थामा रहेको प्रवेशद्वार मर्मत, रंगरोगन, चुहिने अवस्थामा रहेका छानाका टिन परिवर्तन गरिएको छ । झ्याल ढोका, शौचालय मर्मत गर्नाका साथै बालमैत्री धारा निर्माण गरी नियमित शुद्ध खानेपानी आपूर्ति हुने व्यवस्था मिलाइएको छ । कक्षा ५ सम्मको पाठनपाठन हुने विद्यालयमा हाल करीब २० जना विद्यार्थी अध्ययनरत रहेका प्रअ चिना गर्बुजाले बताए । रासस

प्रतिक्रिया दिनुहोस