सुराकी खर्चै २ करोड १७ लाख « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुराकी खर्चै २ करोड १७ लाख


प्रशासन विशेष ब्युरो

२ बैशाख २०७५, आइतबार


निर्मला

काठमाडौं । गृहमन्त्रालयले आर्थिक वर्ष ०७३/०७४ मा सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औल्याएको छ । २२ वर्षअधिको मन्त्रिपरिषद्को निर्णयको आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकको एक वर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेको समाचार आजको अन्नपुर्ण पोष्टले लेखेको छ ।

गृह मन्त्रालयका अधिकारीका अनुशार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ । सुरक्षा अवस्था देखाएर उनीहरुले सो रकम आफूअनुकुल खर्च गर्दै आएको वताइन्छ ।

मन्त्रिपरिषद्को ०५० साल जेठ १३ निर्णयमा शान्ति सुरक्षा कायम राख्ने प्रयोजनका लागि गृहमन्त्रीले एक पटकमा ५० हजार, गृहसचिवले २० हजार र प्रहरी महानिरीक्षकले पनि आवश्यकता अनुशार खर्च गर्न पाउने व्यवस्था गरिएको थियो । त्यही निर्णयलाई टेकेर आर्थिक वर्ष २०७३/७४ मा सुराकीको नाममा गृहमन्त्रीले ६१ लाख,गृह सचिवले ५३ लाख, प्रहरी महानिरीक्षकले ३ लाख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखले १ करोड ४० लाख खर्च गरेको महालेखा प्रतिवेदनले औल्याएको छ । गत वर्ष सुराकीको नाममा २ करोड २८ लाख खर्च गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस