गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७५, शनिबार


भोली खुशी हुनलाई आज मलिन बनेको हो,
जिन्दगी त्यसकारण यति कठिन बनेको हो ।

तिमी बाहेक ठुलो भरोषा अरु के हुनसक्छ,
जसरी आकाशको लागि जमिन बनेको हो ।

पहिला के बन्यो ढुङ्गा बन्यो या ईश्वर बन्यो,
किन मन्दिर बनाउने मन्दिर बिहिन बनेको हो ।

आमा तिमीले काखमै आगो पिउन सिकाएर,
अनि पो तिम्रो छोरो यसरी सँगिन बनेको हो ।

उदाहरण बन्न सकिनौ खोलो तर्यौ बिर्स्यौ,
यहि काँध चढेर तिम्रो सँसार रँगिन बनेको हो ।

प्रतिक्रिया दिनुहोस