आयल निगममा डेढ अर्ब गायब ! « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आयल निगममा डेढ अर्ब गायब !


प्रशासन विशेष ब्युरो

१ बैशाख २०७५, शनिबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात गर्दा उपभोक्तालाई भार पर्ने गरी उठाइएको रकम अनियमिता गरेको भेटिएको छ। आजको राजधानी दैनिकले लेखेको छ–गत आर्थिक वर्षमा मात्रै उपभोक्तामा अतिरिक्त भार पर्ने गरी निगमले भन्सार विन्दुबाटै उठाएको रकममध्ये करिब डेढ अर्ब रुपैयाँ अनियमितता गरेको बिहीबार सार्वजनिक भएको महालेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ।

नेपाल आयल निगमले भन्सार बिन्दुमा पूर्वाधार कर र सडक मर्मत सम्भार तथा सुधार खर्चबापत उठाएको रकममा एक अर्ब ३८ करोड ३९ लाख रुपैयाँ अनियमिता भएको तथ्य सार्वजनिक भएको हो।

निगमले पूर्वाधार करका नाममा पेट्रोल र डिजेलको आयातमा प्रतिलिर पाँच रुपैयाँका दरले भन्सार बिन्दुमै रकम असुल्ने गर्दछ। त्यस्तै, सडक मर्मत सम्भार तथा सुधार खर्चका नाममा पनि भन्दाु बिन्दुमै पेट्रोलमा प्रतिलिटर चार र डिजेलमा प्रतिलिटर दुई रुपैयाँका दरले असुल गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस