२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साढे ३३ केजी सुनले लियो तीनको ज्यान: संलग्न दुइ जनाले किन गरे आत्महत्या ?

अ+ अ-

तस्करीको साढे ३३ केजी सुन काण्डमा तीनको ज्यान गएको छ । एकको हत्या भएको छ भने दुईले आत्महत्या गरेका छन् । आजको नयाँ पत्रिकाले लेखेको छ–मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको एक महिनापछि अन्य दुईले आत्महत्या गरेका हुन् । तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परी हिरासतमा रहेका प्रेमलाल चौधरीले शुक्रबार आत्महत्या गरे ।

नेपाल एयरलाइन्सका लोडर चौधरी महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा थिए । अर्का आरोपी सानु बनले पनि केही दिनअघि प्रहरी हिरासतमै आत्महत्या गरेका थिए । तर, प्रहरीले बन आत्महत्याको घटना गोप्य राखेको छ । उनी थाई एयरवेजका इन्जिनियर थिए ।

‘प्रेमलाल चौधरी शुक्रबार बिहान ४ बजे हिरासत कक्षको ट्वाइलेटमा झुन्डिएको अवस्थामा फेला परे । उनको उद्धारका लागि प्रहरी ट्वाइलेटभित्र छिर्‍यो । पासोबाट निकाल्यो । बाँच्छन् कि भन्ने लागेर तुरुन्तै वीर अस्पताल लगियो । तर, बचाउन सकिएन । बनको घटनाको सम्बन्धमा भने थाहा भएन,’ प्रहरी वृत सिंहदरबारका प्रमुख डिएसपी अपिलराज बोहराले नयाँ पत्रिकालाई बताए ।

यसरी भयो सनमको हत्या
तस्करी गरेको साढे ३३ केजी सुन गायब पारेको भन्दै १६ फागुनमा सनमलाई सहकर्मीले नै अपहरण गरेर अज्ञातस्थलमा बन्धक बनाएका थिए । चारदिनसम्म करेन्ट लगाएर यातना दिएपछि उनको मृत्यु भएको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र सोही ठाउँका ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरेको थियो ।

१८ जना समातिए
प्रहरीले तस्करीमा संलग्न रहेको आशंकामा एयरलाइन्सका कर्मचारीदेखि न्युरोडका व्यापारीसम्मलाई पक्राउ गरेको छ । पक्राउ पर्नेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, जय मातादी ज्वेलर्सका मालिक पवन अग्रवाल, पर्यटन व्यवसायी भुजुङ गुरुङ, हेमन्त गौतम, गोपालकुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कपिल पुरी, लालबहादुर मगर, राजु महर्जनलगायतका छन् । पक्राउ परेका एयरलाइन्सका कर्मचारीमा थाई एयरवेज, फ्लाई दुबई र नेपाल एयरलाइन्सका छन् ।

सातामा ३०० केजी सुन तस्करी
साढे ३३ केजी सुन तस्करीसँग जोडिएको सनम शाक्य हत्याकाण्ड खोतल्दै जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै एक सातामा ३०० केजी सुन तस्कर हुने गरेको खुलेको छ । एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा तस्करी हुने गरेको प्रहरीको भनाइ छ । सातामा ३०० केजी सुन तस्कर गर्ने अधिकांश अहिले पक्राउ परेकामध्ये नै रहेको प्रहरीले बतायो ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सँचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ । प्रहरीका भूतपुर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी छ, केही दिनमै पर्दाफास हुनेछ ।’

विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सँचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । टोली अनुसन्धानमै छ ।

कहाँ छ साढे ३३ केजी सुन ?
साढे ३३ केजी सुन तस्करी काण्डमा जोडिएर तीनजनाको ज्यान गइसकेको छ । तर, उक्त सुन कोसँग कहाँ छ अझै खुल्न सकेको छैन । न सुन ल्याउन लगाउने समातिएका छन्, न पठाउने व्यक्तिको पहिचान नै खुल्न सकेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार गायब भएको भनिएको साढे ३३ केजी सुन गोरे भनिने चुडामणि उप्रेतीको हो । तर, उनलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । पछ्याउँदै जाने क्रममा उप्रेतीले सुन स्टोर गर्ने गरेको कोठा भने फेला प¥यो । उक्त कोठा नयाँ वानेश्वरस्थित एक घरमा छ । तर, प्रहरीले त्यहाँ पनि सुन भेट्टाएन । तस्करीमा जोडिएका १८ जनालाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

यसरी बाहिरियो घटना
साढे ३३ केजी सुनसँग जोडिएर सनम शाक्यको हत्या भयो । तर, प्रहरी घटनाका मुख्य अभियुक्त मानिएका गोरे भनिने चुडामणि उप्रेती समाउन असफल बन्यो । त्यसवेला उक्त सुन रसुवाको केरुङ नाकाबाट ल्याइएको भनिएको थियो । प्रहरीको अनुसन्धान माथि नै प्रश्न उठेपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छुट्टै टोली गठन गर्‍यो । अनुसन्धान गर्दै जाँदा उक्त सुन केरुङ नाकाबाट नभई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको खुल्यो । त्यसपछि अनुसन्धान एयरलाइन्सका कर्मचारीतर्फ मोडियो । यही क्रममा नेपाल एयरलाइन्स, थाई एयरवेज र फ्लाई दुबईका कर्मचारी पक्राउ परे । उनीहरूकै बयानका क्रममा अहिले न्युरोडका सुन व्यापारी पनि पक्राउ परेका छन् ।

चौधरी र बनले किन गरे आत्महत्या ?

प्रहरीले चौधरीसहित सोही एयरलाइन्सका हेड लोडर राजन थापालाई गत बुधबार पक्राउ गरेको थियो । प्रहरीले मोबाइल नियन्त्रणमा लिएपछि उनमा चिन्ता बढ्दै गयो । सँगै पक्राउ परेका थापासँग उनले ‘अब जेल जाने भइयो’ भन्दै चिन्ता व्यक्त गर्थे । हिरासतमा राखिएको तीन दिनमै उनले ट्वाइलेटको ढोकाको कब्जामा सुरुवालको पासो बनाएर आत्महत्या गरे ।

प्रहरीका अनुसार अर्का आरोपी सानु बन पनि सुरुमा निर्धक्क नै थिए । जब उनको मोबाइल नियन्त्रणमा लिएर भाइबर र फेसबुक अकाउन्ट हेरियो, त्यसपछि हतास बने । प्रहरी उच्च स्रोतका अनुसार उनले हिरासत कक्षमै आत्महत्या गरेका हुन् । चौधरीसँगै पक्राउ परेका थापालाई भने थप अनुसन्धानका लागि शुक्रबारै मोरङस्थित जिल्ला प्रहरी कार्यालय लगिएको छ ।