४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वदेशमा उत्पादित जडीबुटी प्रयोग गर्नुपर्ने : वनमन्त्री

अ+ अ-

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने बताए ।

वनस्पति विभागको ५८ औँ वार्षिकोत्सव तथा १९ औँ वनस्पति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नेपाली वनस्पतिको संरक्षण संवद्र्धन गर्दै यसको उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए । ‘स्वदेशी वनस्पतिबाट धेरै किसिमका औषधि बन्ने र सोही औषधिले स्वास्थ्यलाई फाइदा हुने हुँदा यसको उपयोग बढाउनु आवश्यक छ,’– उनले भने ।

मन्त्री बस्नेतले प्रकृतिले नेपाललाई अथाह वनस्पति दिएको बताउँदै उक्त वनस्पतिको संरक्षण र उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने गरी काम गर्नुपर्ने बताए ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले वनस्पति क्षेत्रको विकास र विस्तारमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । वनस्पति संरक्षणमुखीमात्र नभएर उपयोगमुखीसमेत हुनुपर्ने उनको भनाइ थियो ।

विभागका महानिर्देशक सञ्जीवकुमार राईले वि.स. २०५६ देखि वनस्पति दिवस मनाउँदै आएको बताउँदै यसको उचित संरक्षण र संवद्र्धनमा विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए।

विश्वमा झण्डै चार लाख ५० हजार र नेपालमा १२ हजार वनस्पति रहेको विभागले जनाएको छ । कार्यक्रममा वनस्पति क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेका प्राध्यापक डा. रामप्रसाद चौधरीलाई राष्ट्रिय वनस्पति पुरस्कार प्रदान गरिएको थियो ।

त्रिभुवन विश्व विद्यालयका प्रा.डा. चौधरीलाई एक लाख नगद र दोसल्लाद्वारा सम्मान गरिएको हो । सोही अवसरमा मन्त्री बस्नेतले विभागले तयार गरेको पुस्तक ‘इसेन्सियल वेल अफ नेपाल र जर्नल अफ प्लान्ट रिसोर्स’ विमोचन गर्नुका साथै जीवनका लागि वनस्पति लेखिएको लोगो अनावरण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस