पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु « प्रशासन
prasaLogo
२९ चैत्र २०७४, बिहीबार

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु


प्रकाशित मिति : 12 April, 2018 1:43 pm

रसुवा । लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ ।

लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए ।

अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्रहरी टोलीसहित घटनास्थलमा गएका छन् । रासस

प्रतिक्रिया दिनुहोस